कञ्चनपुरमा मन्दिरबाट घण्टी चोरीको आरोपमा दुई भारतिय नागरिक पक्राउ

महेन्द्रनगर । कंचनपुरको दोधारा चाँदनी नगरपालीका– २ लठ्ठाघाटस्थित कमलशा मन्दिरबाट मन्दिरबाट घण्टी चोरीको आरोपमा दुई भारतिय नागरिक पक्राउ परेका छन् ।


भारतकाे उत्तराखण्ड प्रदेशकाे उद्यमसिंह नगर घर भएका आरिप अन्सारी र बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ।

मन्दिरबाट साना र मध्यम गरी २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरु पक्राउ गरिएका छन् ।

स्थानियहरुले मन्दिरमा चढाएको घण्टी चोरी गरिरहेको भन्दै दोधारा चाँदनीका ईलाका कार्यालय प्रहरीले जानकारी दिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार