निर्मला पन्तको हत्या अनुसन्धान शुरु,शंकास्पद दुई जनाको डीएनए संकलन

महेन्द्रनगर । कञ्चनपुरमा निर्मला पन्तको हत्या अनुसन्धान डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले शुरु गरेको छ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको छ।

रगतको नमूना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ।

गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए।

पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो।

ताजा समाचार