कैलालीमा अवैध लागूऔषध चरेशसहित दुई युवा पक्राउ

महेन्द्रनगर । धनगढी उपमहानगरपालिका–९ भैंसीघाटबाट अवैध लागूऔषध चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

७ ग्राम ६ सय ८० मिलिग्राम चरेशसहित सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय अरुण चौधरी र एक अर्का युवालाई बिहीबार दिउँसो पक्राउ गरिएको हो।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको म।१ प ६८४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चौधरी र उनका साथीबाट उक्त लागूऔषध फेला पारेको जनाएको छ।

ताजा समाचार