रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरू ८ दिनदेखि बन्धक , सरकारले गर्न थाले पहल

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरू ८ दिनदेखि बन्धक भएका छन्। मलेसियामा केही दिनदेखि बन्धक बनाइएका नेपालीहरूलाई उद्धार गर्न सरकारले पहल थालेको छ।

मलेसिया पुगेका १९ जना नेपाली बन्धक भएका खबर सार्वजनिक भएको थियो।

प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयले मलेसियामा रहेका नेपालीको अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकोले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

spot_img

ताजा समाचार