भारतबाट कैलालीको टीकापुर आउदै गरेको बस दुर्घटनाका मृतक तिन जनाको पहिचान खुल्यो

महेन्द्रनगर । भारतबाट कैलालीको टीकापुर आउदै गरेको बस दुर्घटनाका मृतक तिन जनाको नाम खुलेको छ ।मृत्यु हुनेमा टीकापुर नगरपालिकाको ज्योतिनगर बस्ने ४० वर्षीय ललित साउद र टीकापुरकै व्यवसाय क्षेत्र घर भएका ४५ वर्षीय चन्द्र साउद छन् । मृतक नेपालीमध्ये १ जना महिलाको पहिचान खुल्ने नसकेको भनेर उत्तर प्रदेश प्रहरीबाट खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले मृतक नेपालीमध्ये २ जनाको सनाखत भएको विवरण प्राप्त भएको जनाएको छ ।भारतको गुजरातबाट नेपालको सीमावर्ती क्षेत्र पलियातर्फ आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान उत्तर प्रदेशको लखनउमा दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको हो ।

ताजा समाचार