कैलालीमा लागूऔषधसहित २४ वर्षीय एक युवक पक्राउ

महेन्द्रनगर । कैलाली धनगढीको पार्कमोडबाट लागूऔषधसहित एक युवक पक्राउ गरेका छन्। धनगढी उपमहानगरपालिका–१ पार्कमोडबाट २४ वर्षीय बसन्त सारु मगर लागूऔषधसहित पक्राउ परेका हुन्।

चुरे गाउँपालिका–६ घर भएका सारु मगरलाइ प्रहरीले मंगलबार दिउँसो अवैध लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। उनलाई ब्राउनसुगर ८ सय ५० मिलिग्राम सहित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

ताजा समाचार