कञ्चनपुरको महेन्द्रनगर बजारमा माघे संक्रान्तिको लागि तरुल किन्नेको भीड

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजारमा माघे संक्रान्तिको लागि तरुल र सकलगन्जी किन्नेहरुको भीड बढेको छ ।

माघे संक्रान्तिमा तरुल खाने चलन भएको कारणले महेन्द्रनगर सब्जी मण्डि बजारमा तरुल किन्ने आउनेको संख्या बढेको हो ।हरेक वर्ष माघ १ गतेलाई माघे संक्रान्तिको रूपमा मनाईन्छ ।

माघ महिनालाई धर्मी महिना पनि हो भन्ने मानिसहरूमा आस्था समेत रहिआएको पनि प्रचलन देखिन्छ । माघे संक्रान्तिको दिन बिशेष गरी सबैको घरमा विभिन्न किसिमका खाने परिकारहरू पकाएर खाने चलन रहेको छ । यस दिन सेल,पूरी, पकौडा,खिचडी, तरुल, सकलगन्जी जस्ताविभिन्न किसिमका परिकारहरू पकाउने गरिन्छ ।

यसै गरी माघ महिनामा तरुलको माग बजारमा बढ्दै छ र पूर्ति कम रहेको व्यापारी भीमदत्त नगरपालिका वडा नं १३ का गणेश पाल बताउँछन् ।

उनले भने “२ किसिमको तरुल सेतो र रातो हामीसँग छ जसमा रातो को अलि बढी नै माग गरेका छन् । बजारमा तरुल अन्य ठाउँबाट आउने भएकाले यहाँ पूर्ति काम भइरहेको छ।”

त्यसैले बजारमा माग बढेको कारण तरुलको मूल्य पनि बढाएको उपभोक्ता बताउँछन् ।

ताजा समाचार