परिवारलाई जानकारी नदिई मृतक लास उठाउन खोज्दा बेदकोटको सिसैया क्षेत्र तनावग्रस्त

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका स्थित सिसैया पेट्रोल पम्प नजिकै ट्याक्टरको ठक्कर बाट एक विद्यार्थीको मृत्यु भएको छ ।

कलेज बाट घर फर्कने क्रममा बेदकोट नगरपालिका चम्पापुर घर भएकी सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तह तेस्राे सेमेस्टरमा अध्यनरत गर्ने २० वर्षिय तारा मल्लको दुर्घटना आज (शनिबार) साँझ ५ बजे तिर बेदकोट -०६ सिसैया पेट्रोल पम्प नजिक दुर्घटना भएर स्थलमै मृत्यु भएको हो ।

प्रहरीले मृतकको घरपरिवार, आफन्तजनलाई जानकारी नदिई मृतक लास उठाउने क्रममा स्थानीयले प्रहरीलाई रोक्न खोज्दा प्रहरीले आफ्नो दम्ब देखाएको र मृतकको लास उठाउन खोज्ने प्रहरीलाई तुरुन्त निलम्बन गर्नु भर्ने भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका सुपवि क्रान्तिकारी अध्यक्ष हेमराज अवस्थीले जानकारी दिएका छन् ।

ट्याक्टर ड्राईभरको लाइसेन्स पनि नभएको आशंका समेत रहेको मृतकका साथी सुनिल रावलको भनाई छ। उनि भन्छन “स्थानीयले लास उठाउन नदिँदा प्रहरीले आफ्नो दम्ब देखाएको छ, लास उठाउन लाई कम्तीमा मृतकको घर-परिवार लाई खबर गर्नु पर्छ” उनले थपे “घटनाबारे सत्यतथ्य छानबिन गरि मृतकलाई न्याय मिल्नु पर्ने र परिवारजनलाई क्षतिपुर्ति नदिदा सम्म आन्दोलन जारी रहन्छ।”

ताजा समाचार