कञ्चनपुर पतञ्जली योग समिति द्धारा रक्तदान

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । पतञ्जली योग समिति कञ्चनपुर द्धारा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सोमबार नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर द्धारा सञ्चालित रक्तसञ्चार केन्द्र महेन्द्रनगरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेको शिविरका संयोजक मन्जु दाहालले जानकारी दिए ।

रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग र पतञ्जली योग समिति कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

रक्त सञ्चार सेवा जस्तो मानवीय सेवामा पतञ्जली योग समितिले सधैँ सहयोग गरिरहने प्रतिवद्धता गरेको छ ।

कार्यक्रममा पतञ्जली योग समिति कञ्चनपुरका पदाधिकारी तथा सदस्यहरु, लगायत नगर समिति, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्रका संयोजक सिद्धराज भट्ट, रक्तसञ्चार सेवा केन्द्र प्रमुख नरेन्द्रदेव भट्ट लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा समाचार