बझाङ्गको सानिगाड खोलामा एक महिलाको शव फेला

महेन्द्रनगर । बझाङ्गको बुङ्गल नगरपालिका अन्तर्गत रहेको सानिगाड खोलामा एक महिलाको शव फेला परेको छ ।

मङ्गलवार करिब १ बजे बुङ्गल नगरपालिका वडा न. ६ अन्तर्गत पर्ने सानिगाड नदिको किनारमा शव फेला परेको ईलाका प्रहरी कार्यालय बुङ्गल झापाले बताएको छ ।

इलाका प्रहरी कार्यालय बुङ्गल झापाका वरिष्ठ हवल्दार केशव सिंह भण्डारीका अनुसार शव फेला पर्ने मा बुङ्गल नगरपालिका वडा नम्बर ६ दान्तोली लम्बगड बस्ने रमेश दमाईको ४४ वर्षकी मोहना दमाई रहेकी छिन ।

भण्डारीका अनुसार आज करिब १ बजे तिर उक्त शव फेला परेपछि प्रहरीलाई खबर गरेको र उक्त खबर पुग्ना साथ प्रहरी टोलि घटनास्थल पुगेको थियो ।

घटना सम्बन्धि थप विवरण आउन बाँकी रहेको र उक्त घटना के कति कारणले भएको भन्ने बारे भने अझै खुल्न सकेको छैन ।

ताजा समाचार