कञ्चनपुरमा बझाङ्ग लोक सास्कृतिक संरक्षण मञ्चको आयोजनामा उत्तरायणी पर्व कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा बझाङ्ग लोक सास्कृतिक संरक्षण मञ्चको आयोजनामा उत्तरायणी पर्व कार्यक्रमका सम्पन्न भएको छ ।

मंगलबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर- १४ वनकट्टीमा “हाम्रो परम्परा हाम्रो संस्कृति, हाम्रो सुदुरपश्चिम हाम्रो सुन्दर प्रकृति” भन्ने मूल नाराका साथ लोप हुदै गएको परम्परा तथा संस्कृति जगेर्ना गर्ने उद्देश्यले उत्तरायणी पर्वको आयोजना बझाङ्ग लोक सास्कृतिक संरक्षण मञ्चले कार्यक्रम गरेको हो ।

पहिलेको समयमा विहे गरिसके पछी वुहारी लामो समय सम्म पनी माईति घरमा नजाने र चुलोचौकोमा सिमित हुने चलन रही आएको हुदा त्यो समयमा वुहारी लाई आराम गर्न दिईने दिनको रुपमा यो पर्व मनाईदै आएको स्थानीय कलावती बोहराले वताउनु भयो ।

परापुर्वकाल देखी चलीआएको यो पर्वलाई घरधन्दामा व्यस्त रहने बुहारीको लागी विदाको रुपमा लिईदै आएको समेत उहाले वताउनु भयो । सधै माघ ३ गते मनाईदै आएको यो पर्व विषेस गरि छोरी चेलीहरुले मनाउने तिहार भएको स्थानीय महामती देवी खातीले वताउनु भयो । यो पर्वमा खेतमा गएर आफु संग भएको सामग्री लगेर सेलरोटी, बावर, बटुक, पुरी लगायतका मिठा मिठा परिकार पकाउने खाने र देउडा, ठाडिभाका खेलेर रमाईलो गर्ने चलन रहेको समेत उहाले वताउनु भयो ।

हाम्रा विभिन्न परम्परा तथा रिती रिवाजहरु लोपहुदै गएकाले बझाङ्ग लोक सास्कृतिक मञ्चले संस्कृति जगेर्ना गर्न उत्तरायणी पर्वको शुरुवात गरेको मञ्चका अध्यक्ष रतानपती जोशीले वताउनु भयो । हाम्रो सुदुरको संस्कृतिमा माथी पश्चिमा संस्कृति हावी हुदै गएका कारण अव हाम्रो संस्कृती, देउडा गीत जोगाउने जमर्को गरिुउको समेत उहाले वताउनु भयो ।

माघ महीनाको शुरुवात संगै सुर्य मकर राशीमा प्रवेश गर्ने तथा दीन लामा र रात छोटा हुदै जाने हुदा यसलाई उत्तरायणी भन्ने चलन रहेको छ । विभिन्न ठाँउमा यस पर्वलाई फरक किसिमले मनाउदै आएको भए पनी बझाङ्ग, अछाम, डोटी वाजुरा लगायतका पहाडी जिल्लाहरुमा मनाईदै आएको यो पर्व उहिलेको समयमा बुहारीहरुले घरधन्दामा व्यस्त रहनु पर्ने र सधै काम गरिरहनु पर्ने हुदा एक दिन काम बाट विश्राम लिएर मिठो खाने देउडा खेल्ने र रमाईलो गर्नका लागी यो पर्व मनाईने गरेको हो ।

ताजा समाचार