आँखा दान दृष्टिबिहीनका लागि वरदान

प्रकाशित मिति:

महेन्द्रनगर । लाईन्स क्लव अफ माहाकाली महेन्द्रनगरद्वारा आँखा दानको अभियान सुरु गरेको छ ।आँखा दान गर्ने भनेको आँखाको कालो भाग (कर्निया) अर्थात् नानी प्रत्यारोपण गर्नु हो।

मानिसको मृत्यु भए पछि आँखाको कर्निया निकालेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ। नेपालमा कर्निया दान गर्ने व्यवस्था छ भने काठमाडौंमा तिलगंगा आँखा प्रतिष्ठानमा ‘आई बैंक’ समेत सञ्चालन भइसकेको छ।

कसैको मृत्यु पछि आँखा निकाल्यो भने आत्माले शान्ति नपाउने,आँखा नदेख्ने मृतकलाई बाहिरका मानिसले छुन नदिने हाम्रो परम्परा कुप्रथाले गर्दा मानिसहरु नानी दान गर्न डराउने भएकाले नानी दानमा समस्या परिरहेको छ। तर मानिसहरूमा विस्तारै सकारात्मक सचेतना पनि आएको छ।

शरीरबाट कर्निया झिकेर दृष्टिबिहीन मानिसहरुलाई उपचार गरेर आँखा देख्न सहयोग पुर्याउँछ र आँखा दान गर्नु धर्म पनि हो भन्ने सोचको पनि विकास भएको छ।

आँखाको दान गर्न नेपाल नेत्रज्योति संघ आँखा संकलन केन्द्र महेन्द्रनगर, आँखा अस्पतालगेटा,आँखा अस्पतल कैलाली र नेपाल आँखा बैंक काठमाडौंको तिलगंगा आँखा केन्द्र गौशालामा सम्पर्क गर्न सकिन्छ।

यसरी दान गर्ने उसले इच्छाएको व्यक्तिले पनि अनुमति दिनुपर्छ। किन की दान गर्ने व्यक्तिको आफन्तसमेत सहमत भए भने मात्रै कसैको मृत्युपछि नानी झिक्न सकिन्छ। त्यसका लागि हामीले आफन्तको हस्ताक्षर नै राखेका हुन्छ।

भीमदत्त नगरपालिका–१६ का स्थानीय भोजराज रानाले बाँया आखाँको ज्योति गुमाएका थिए ।उनी ज्योति गुमाएकाले व्यक्तिहरुले पुनः संसार देख्न पाउछन् भन्ने उदाहरण समेत बनेका थिए ।

त्यसैले कुनै पनि व्यक्तिको आँखाको नानीमा कुनै चोटपटक लागेर वा जन्मजात रोगको समस्याले आँखाको नानी गुमाएका मानिसहरूको आँखा नानी हालेर पुन नया संसारको मुहार हेर्न पाउन्छ भने मृत्यु पछि खरानी हुने शरीरका अङ्ग किन तपाईं हामीले दान किन नगर्ने ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार