लिटिल बुद्ध विद्यालयमा बिधार्थीहरुको सीप कला प्रर्दशन कार्यक्रम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमी उच्च माध्यमिक विद्यालयले बिधार्थीहरुमा रहेको सीप कला प्रतिभा झल्काउनको लागि कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रवार आयोजना गरेको कार्यक्रममा बिधार्थीहरुले आआफ्नो प्रतिभालाई बाहिर ल्याउने उद्धेश्यले बिधार्थीहरुले निर्माण गरेको बिज्ञानका सामग्री प्रदर्शनी, फुड स्टल, कागजबाट निर्मीत बिभिन्न हस्तकला सामग्री प्रदर्शनी र संस्कृति नुत्य कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयमा प्रिन्सीपल श्यामसिंह मौनीले “यो कार्यक्रम बिधार्थीहरुलाई कक्षाकोकोठाको ज्ञान मात्रै नभएर उनिहरुमा रहेको भित्री सिप, कला, तथा क्षमताको पहिचान गर्ने र उनिहरुलाई प्रोत्साहन गर्ने टिम कार्य गर्न सिकाउने र बिभिन्न प्रतिभाबाट उत्कृष्ट हुने बिधार्थीहरुलाई पुरुस्कारको व्यवस्था गरेर हौसला समेत प्रदान गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।”

ताजा समाचार