नेविसंघ कैलालीका अध्यक्ष कुवँरलाई धनगढी विमानस्थलमा भव्य स्वागत

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिष कुवँरलाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेविसंघ कैलालीको अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक गृह नगर धनगढी पुगेका कुवँरलाई नेविसंघका नेता तथा विद्यार्थीहरुले विमानस्थलमै पुगेर भव्य स्वागत एवम् बधाई दिएका हुन् ।

माघ ३ गते कुवँरलाई नेविसंघ कैलालीको अध्यक्षको जिम्मेवारी दिइएको थियो । सोही क्रममा काठमाण्डौँ रहेका अध्यक्ष कुवँर शुक्रवार गृहनगर धनगढी पुगेका हुन् ।

ताजा समाचार