अनेरास्ववियु क्रान्तिकारी कञ्चनपुरको जिल्ला संयोजकको जिम्मेवारी विद्यार्थी नेता सुरेश भट्टलाई

महेन्द्रनगर ।अनेरास्ववियु क्रान्तिकारी कञ्चनपुरको जिल्ला संयोजकको जिम्मेवारी विद्यार्थी नेता सुरेश भट्टलाई दिएको छ ।

शुक्रबार बसेको माओबादी बिध्यार्थी केन्द्रीय कमिटीको बैठकले अनेरास्ववियु क्रान्तिकारी कञ्चनपुरको जिल्ला संयोजक को जिम्मेवारी विद्यार्थी नेता सुरेश भट्टलाई दिएको छ।

विगत लामो समय देखि कंचनपुरको विद्यार्थी आन्दोलनमा सकृय भुमिकामा रहेका विद्यार्थी नेता भट्टले माओबादी निकट विद्यार्थी संगठनको विभिन्न तहमा रही जिम्मेवारी निभाई आएका छन् ।

उनले “संगठन प्रतिको लगाव र लगनशील कञ्चनपुरको शैक्षिक आन्दोलनमा सक्रिय भट्टले पार्टीले दिएको जिम्मवारी आफनो वाला बुताले भ्याए सम्म इमान्दारी र निष्ठाका साथ निभाउने बताए।”

ताजा समाचार