कञ्चनपुरको बेलौरीमा १५ वर्षीया एक नाबालिकाले अबैध गर्भधारणबाट बच्चा जन्माईन

महेन्द्रनगर । जिल्लाको बेलौरी नगरपालिकाकि १५ वर्षीया एक नाबालिकाले अबैध गर्भधारणबाट शुक्रबार अकस्मात बच्चा जन्माएपछि हलचलनै मच्चिएको छ ।

अविवाहित ती नावालिकाकाे गर्भ कसकाे भन्ने पत्ता समेत पत्ता लागेको छैन ।आमा र बच्चालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलौरीले सोधपुछ गरिरहेको छ ।

तर बालिकाका परिवारका सदस्यले भने उक्त घटनालाई नै बाहिर ल्याउन नचाहेको सङ्केत देखिन्छ । उक्त घटनाको अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा समाचार