बाजुरामा भूकम्पले एक महिलाको मृत्यु, तीन जना घाइते

प्रकाशित मिति:

महेन्द्रनगर । बाजुरामा भूकम्पले एक महिलाको मृत्यु, तीन जना घाइते भएका छन्।

जिल्लाको गौमुल गाउँपालिका–२ दहकोटकी ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको हो ।

ती महिला घाँस काटिरहेका बेला भूकम्पले गर्दा भिरको माथिबाट ढुंगा खसेको लागेर महिलाको मृत्यु भएको हो।

उक्त गाउँपालिका–२ मा अन्य तीन जना महिला पनि घाइते भएका छन्। मंगलबार दिउँसो २ः४३ मा बाजुरा बिछ्या केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार