भ्रष्टाचार विरुद्व महाकाली देखि मेची सम्म घुम्दै पैदल यात्रा

महेन्द्रनगर । भ्रष्टाचार विरुद्व महाकाली देखि मेची सम्मको घुम्दै पैदल यात्रा सुरु भएको छ । दाङ जिल्ला तुलसीपुर उपमाहानगर पालिका वडा नं-३ राना गाउँ घर भएका ऋषि परियारले आज (शनिबार) दिउसो पुर्व सन्ध्यामा कञ्चनपुर जिल्ला गड्डा चौकी नाका बाट भ्रष्टाचार विरुद्ध घुम्दै पैदल यात्रा सुरु गरेका छन ।

“महाकाली देखि पुर्व मेची सम्म घुम्दै पैदल यात्रा” भन्ने मुल नाराका साथ आफ्नो यात्रा सुरु गरेका छन ।

परियारले यो भन्दा पहिले पनि पूर्व मेची देखि पश्चिम महाकाली सम्म उल्टो पैदल यात्रा गरेका थिए र अहिले पनि भ्रष्टाचारको विरुद्धमा घुम्दै पैदल यात्रा सुरु गरेका हुन् ।

परियारका अनुसार ” मेरो देशका लागी लडने मान्छे सालिक भएका छ्न र देशद्रोही र भ्रष्टाचारि मेरो देशका मालिक भए छन् भन्दै आज महाकाली कन्चनपुर जिल्ला बाट सुरु गरेको यात्रा करिब तीन महिनामा सिध्याउने उद्देश्य रहेको बताएका छन् ।

उन्ने भने ” म एक्लै यात्रामा भएता पनि मेरो पछाडि हरेक पल सुरक्षा कर्मीको सम्पर्कमा रहेको बताएका छन् ।”

ताजा समाचार