मादक पदार्थ सेवन गरी रात्री बस चलाउने चालक पक्राउ

महेन्द्रनगर । मादक पदार्थ सेवन गरी रात्री बस चलाउने चालक पक्राउ परेका छन्।

धनगढीदेखी अछाम जाँदैगरेको रात्री बसमा मापसे गरी चलाउने चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा मिति २०७९ माघ १२ गते राती जिल्ला डोटी शिखर नगरपालीका ३ का ४२ बर्षीय ज्ञानु शाहीलाई पक्राउ परेका हुन्।

उनले मादक पदार्थ ९रक्सी० सेवन गरी धनगढीबाट अछाम गई रहेको ना ६ ख १७९१ नम्बरको यात्रुवाहक बस चलाई रहेको अवस्थामा फेला पारेको हो। उनलाई नियन्त्रणमा लिई सार्वजनिक ‍हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर बमोजिम मुद्दा दर्ता गरी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ताजा समाचार