कञ्चनपुरमा दुर्घटनामा परी एकजनाको मृत्यु, ट्याक्टरसहित चालक फरार हुँदा बेदकोट दैजी क्षेत्रमा तनावग्रस्त

महेन्द्रनगर । कञ्चनपुरमा ट्याक्टर संग मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

गयरात सवारी दुर्घटनामा परी बेदकोट नगरपालिका १० दैजीका २६ बर्षिया शुक्रराम रानाले ज्यान गुमाएका छन । रानाको बेलौरी–कलुवापुर सडकखण्ड अन्र्तरगत चाँन्देवको जंगल क्षेत्रमा सवारी दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटना हुँदा मोटरसाइकल संग ठोकिएको ट्याक्टर सहित चालक फरार भएको त्यहाँका स्थानीयहरूले बताएका छन् ।

मृतका आफन्तले दुर्घटनाका मुख्य दोषिको पहिचान गरेर कार्बाही गर्नुपर्ने माग अघि सारेर पुर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका छन ।दुर्घटनामा मृत्यु भएका रानाको शब बेलौरी प्रहरी कार्यालयमा राखिएको छ ।

फरार भएका ट्याक्टर चालकलाई प्रहरीले खोजी कार्य गरिएका छन् ।

ताजा समाचार