कञ्चनपुरमा अनाथ नाबालिकामाथि यौन शोषण, अनाथालयका प्रमुख पक्राउ


महेन्द्रनगर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल वाल अनाथालयमा बस्दै आएका अनाथ बालीकालाई यौन शोषण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विगत लामो समयदेखि नाबालिकासँग यौन शोषणमा संलग्न रहेको भन्दै अनाथालय कार्यालयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
लामो समयदेखि अनाथलयमा बस्दै आएकी नाबालिकालाई यौन शोषण हुँदै आएको सूचना कञ्चनपुर प्रहरीलाई प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
बालिकाको विगत ६ महिना सम्म महिनावारी रोकीएको र पेट फुल्न थालेपछि पेटमा वच्चा रहेको आशंका भएपछि अनाथालयको वदनाम हुने डरले कुरा वाहिर नभनेको बालबालिका हेरचाह गर्ने महिलाले बताएकी छिन् ।
उहाँका अनुसार ” अनाथालयमा एक जना बालिकालाई माघ १४ अचानक रक्तश्राव भएपछि आफुलाई अर्की बालिकाले खवर गरेको र बालिकाको पेटमा बच्चा रहेको जानकारी भएको थियो ।”
अनाथालयमै एक बालिकाको गर्भपतन भएको घटना बाहिरिएको हो ।

उक्त घटना कसले घटाएको र को दोषि बारे अहिलेसम्म वास्तविक एकिन भएको छैन । तर प्रहरीले अनाथलयका कार्यालय प्रमुखलाई पक्राउ गरेको छ । यस्तै एक अर्कि बालिकालाई समेत यौन जन्य दुर्व्यहार गर्ने गरिएको प्रहरी अनुसन्धानबाट कुरा खोलिएको छ । प्रहरीले सोधपुछ जारी राख्दै घटनाको थप अनुसन्धान भइरहेको छ ।
समाज कल्याण अञ्चल वाल अनाथालयमामा ५ वालिका र २१ बालक बस्दै आईरहेका छन ।

ताजा समाचार