बझाङको न्यु चैन मेडिकलमा उपचारको क्रममा व्यहोस भएका एक जना वृद्धलाई अस्पतालले गर्यो मृत घोषित

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । बझाङको सदरमुकाम चैनपुरमा न्यु चैन मेडिकलमा उपचारको क्रममा व्यहोस भएका एक जनालाई जिल्ला अस्पतालले मृत घोषित गरेको छ ।

उक्त जिल्लाको जयपृथ्वी नगरपालिका –३ पडेस घरभएका ६४ बर्षिय खडकराज पाण्डे दमको उपचार गराउन उक्त मेडिकलमा पुगेका थिए ।दमको उपचार गर्न आएका पाण्डे उपचारकै क्रममा व्यहोस भएपछि अस्पतालले पाण्डेलाई मृत घोषित गरेको स्थानियले जानकारी दिएका छन् ।

उनको थप अवस्था बुझ्नको लागि जिल्ला अस्पताल सिमखेत लगिएको र अस्पताल परिवारले पाण्डेलाई मृत घोषित गरिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

spot_img

ताजा समाचार