माओवादीले आज २८ औं जनयुद्ध दिवस मनाउँदै

महेन्द्रनगर । आज फागुन १ गते २८ औं जनयुद्ध दिवस मनाइँदै छ ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आज फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेकपा माओवादीले २५ वर्षअघि २०५२ साल फागुन १ गतेबाट सशस्त्र द्वन्द्व अर्थात ‘जनयुद्ध’ शुरुवात गरेको दिनको सम्झनामा तत्कालिन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् ।

१० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १७ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए ।वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते बिस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

सो जनयुद्धमा हजारौँ व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । १० वर्षे सशस्त्र युद्धले निम्त्याएको घाउ अहिलेसम्म पुरिन नसकेको भन्दै आलोचना हुने गरेको छ भने द्वन्द्व पीडितले अझै न्याय पाउन सकेका छैनन् ।

विभिन्न चिरामा विभाजित माओवादीका सबैले समूहले फागुन १ मा जनयुद्ध दिवस मनाउने गरेका छन् ।

ताजा समाचार