महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यक्रमस्थल नजिकैबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका १३ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्टसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन् ।
बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा प्रहरीले आफूहरुलाई नियन्त्रणमा लिएको नेकपा बहुमतका जिल्ला सचिवालय सदस्य दिपेन्द्र ऐरीले बताए ।