बेलडाँडीमा अध्यक्ष रनिङ्ग प्रतियोगिता (कप) सुरु

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीमा गाँउपालिका अध्यक्ष तेस्रो रनिङ्ग कप प्रतियोगिता सुरु भएको छ ।

शुक्रबारदेखि बेलडाँडी गाँउपालिका रौलेश्वर माध्यामिक विद्यालयको पाङगणमा एन प्याब्सन बेलडाँडी यूनियनको आयोजनाका गाँउपालिका अध्यक्ष रनिङ्ग प्रतियोगिता(कप) हुने भएको छ ।

कार्यक्रममा एन प्याब्सन बेलडाँडी यूनियनका संयोजक गोरख बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कर्ण बहादुर बुढाले गरेका थिए ।

बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाको प्रतियोगिताको उद्घाटन गर्दै शैक्षिक गुणस्तरका साथै खेलकुद विकासमा जोडदिए ।

नेतृत्वमा प्रतियोगितमा लेथलेटिक सहित भलिबल,ब्याडमिन्टन लगायतका प्रतियोगिता हुने छन । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ ।

ताजा समाचार