कञ्चनपुरको बेदकोटबाट अवैध लागूऔषध चरेशसहित ६५ वर्षीय वृद्ध पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेदकोटबाट अवैध लागूऔषध चरेशसहित प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।


आईतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बिशेष सुचनाको आधारमा बेदकोट नगरपालिका वडा नं. ५ पोल्खरी बस्ने ६५ वर्षीय दल बहादुर बोहरालाई उनकै किराना पसलबाट ३ सय ९८ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार