महेन्द्रनगर। कन्चनपुर जिल्ला महेन्द्रनगरको बसपार्कमा भारतबाट भन्सार छली गरी भित्र्याइएका अवैध सामान प्रहरीले बरामद गरेको छ।
भीमदत्त नगरपालिका–४ बसपार्कबाट रुपमा भन्सार छली गरी ल्याइएका ९५ थान लेदरका बेल्ट बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसको बजार मुल्य ३ लाख ८० हजार रुपैयाँ रहेको छ।यस्तै २ लाख २५ हजार रुपैयाँ बराबरको हुक्का फ्लेवर (तम्बाखु ७५० प्याकेट) पनि बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जम्मा ६ लाख ५ हजार रुपैयाँ बराबरका ती समान बेवारिसे अवस्थामा फेला परेका हो ।
ती सामानहरु आवश्यक कारबाहीका लागि गड्डाचौकीस्थित भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ ।