धनगढीमा बिहे घरमा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर। धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मृत्यु भएको छ।

सोही उपमहानगरपालिका–१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।

फलामको पाइप बिजुलीको मेन लाइनमा छुँदा राना गम्भीर घाइते भएका थिए। कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार