नेपाल कम्युनिष्ट पार्टीद्वारा तेस्रो पूर्ण तथा प्रथम विस्तारित बैठकका निर्णयहरु सार्वजनिक

महेन्द्रनगर । कञ्चनपुरको नेपाल कम्युनिष्ट पार्टीले तेस्रो पूर्ण तथा प्रथम विस्तारित बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

बिहीबार महेन्द्रनगरमा नेकपा विप्लव कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै पार्टीले जनताको जनजिविकास सवाल उठानका लागि पार्टीले जनजागरण अभियान संचालन गरिरहेको जनाएको छ ।


नेकपा विप्लव जिल्ला समिति कञ्चनपुरले जिल्लामा जनजागरण तथा संगठन विस्तार अभियान संचालन गरेको जनाएको हो ।

नेकपा विप्लव कञ्चनपुरका जिल्ला इन्चार्ज बिराट सी ले केन्द्रीय समितिको बैठकबाट पारित गरिएका मुद्दा जिल्लामा शसक्त रुपमा संचालन भईरहेको र जनताको जनजिविका सवालमा शसक्त भएर मुद्दा उठान गर्दै आएका बताएका छन् ।

उनले भने,‘ यतिबेला मुलुक संकटमा परेको छ, विद्यमान समस्या समाधानका लागि पार्टीले अघि सारेका नीति, कार्यक्रम हामी व्यवहारिक रुपमा लागु गरिरहेका छौँ ।’
बैंक, वित्तिय संघ संस्था एव लघु वित्तको चर्को ब्याजदरले आक्र्रान्त बनाईरहेका बेला राज्य संयन्त्र निरिह बनिरहेको भन्दै पार्टीले त्यसलाई उच्च निगरानीका साथ अघि बढाएको बताए ।


कञ्चनपुरमा राष्ट्रिय गौरबका योजना सहितका महत्वपूर्ण विकास निर्माणका योजनमा ढिलासुस्ती भईरहेको भन्दै उनले सरकारले चासो नदेखिएकाले पार्टीले नै ढिलासुुस्ती, भ्रष्टाचार र अनियमितता गर्ने योजनामा घचघच्याउने काम गरेको बताए ।

‘हामी स्थानीय तहमा हुने सबैखाले भ्रष्टाचार बिरुद्धमा शसक्त संघर्ष गछौँ, ‘उनले भने, ‘भ्रष्टाचारले स्थानीय तह चुर्लुम्मै डुबेका छन ।’
सरकारी कार्यालयमा हुने ढिलासुस्ती, शिक्षा, स्वाथ्य र यातायात क्षेत्रमा देखिएका विकृती विसङगती बिरुद्धमा सुक्ष्य अध्ययन गर्दै विकृती भेटिए संघर्ष गर्ने चेतावनी दिएका छन ।

भारतबाट आउने विषादीयुक्त तरकारी रोक्नुपर्ने समेत माग अघि सारेको छ ।
नेकपा विप्लव महाकाली ब्यूरो इन्चार्ज समर सिले संसदीय व्यवस्थाकै कारण आज मुलुकमा राजनीतिक, आर्थिक समाजिक संकट आईपरेको बताए । ‘अहिले जतिपनि समस्या देखिएका छन,‘यो सबै पुँजिवादी संसदीय व्यवस्थाको उपज हो, ‘उनले भने, ‘वर्तमान संकट हटाउन वैज्ञानिक समाजवाद स्थापनाको विकल्प छैन ।

’ नेकपा विप्लव कञ्चनपुरका सचिव धन बहादुर सीले जिल्लामा हुने सबैखाले विकृती बिसङगती बिरुद्धमा पार्टीले शसक्त भएर अघि बढ्ने बताए । नेकपाले लघुवित्त, बैंक संघ संस्थाहरुको जनतामाथिको लुट बिरुद्धमा शसक्त अभियान चलाउँदै जनजिविका राष्ट्रियताका विषयमा शसक्त भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार