राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

महेन्द्रनगर । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि राष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय गरिएको पत्रकारहरूलाई बताए।

‘राष्ट्रपतिका दुवै उम्मेदवारहरू सक्रिय राजनीतिमा रहेको र दुवै जना हालै प्रतिनिधि सभामा निर्वाचित भएको व्यक्तित्व हुनुहुन्छ। उहाँहरूबाट अभिभावकीय भूमिका र निष्पक्षता परिकल्पना गर्न हामीले सक्दैनौं,’ उनले भने, ‘त्यसकारण हामी यो निर्वाचनमा तटस्थ बस्न उपयुक्त हुन्छ भनेर निर्णय गरिएको हो।’

भोलि २५ गते राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।

ताजा समाचार