काठमाडौं । जनकपुरको जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टी र हिन्दु सम्राट सेनाका कार्यकर्ताबिच विवाद भएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ताहरूलाई हिन्दु सम्राट सेनाका समर्थकले मन्दिर परिसरबाट निकालेका छन्। साम्पाङ पार्टीको साधारण सभा र मन्दिर दर्शनका लागि आज जनकपुर जाने कार्यक्रम छ। तर विगतको अभिव्यक्तिको विरोध गर्दै हिन्दु सम्राट सेनाले उनलाई मन्दिर प्रवेशमा रोक्ने चेतावनी दिएको हो। घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्ना कार्यकर्तालाई संयमित हुन भनेका छन् स्थिति नियन्त्रणमा राख्न जानकी मन्दिर वरपर बाक्लो संख्यामा प्रहरी खटाइएको छ।



