महेन्द्रनगरमा एभियसन म्यूजियम सञ्चालन,एक शय रुपैँयामा प्लेन चढन पाईने

महेन्द्रनगर। महेन्द्रनगरमा म्युजियम उड्डयन संग्रहालयको पछाडि जेट विमान भित्र नयाँ उड्डयन संग्रहालयको उद्घाटनमा भएको छ ।

भीमदत्त नगरपालिका ४ मा रहेको एभियसन म्युजियममा डेढ करोडको लगानी गरेर स्थापना भएको हो। एभियसन म्युजियममा १ शय रुपैँयामा प्लेन चढन पाईने भएको छ ।

९ वर्षअघि धनगढीमा खुलेको म्युजिएम जमिन अभावका कारण नेपालगञ्ज सारिएको थियो। त्यसैलाई महेन्द्रनगरमा स्थापना गरिएको हो।

यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीय स्तरमा रोजगारी सृजना गर्न र हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आकर्षित गर्न म्युजियम स्थापना गरिएको क्याप्टेन वेद उप्रेतीले जानकारी दिए।

शनिबार म्युजियमको औपचारिक शुभारम्भ गरिएको हो। कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट बनाइएको छ। यसमा एकै पटक सय जनाले अवलोकन गर्न सक्छन। विमानको ककपिट र उडानका विषयमा पनि जानकारी लिन सक्ने उप्रेतीले बताए।

एयरक्राफ्टभित्र सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्विरसँगै म्युजियमबारे १० मिनेटको बृत्तचित्र पनि राखिएको छ। अवलोकन गर्न आउनेका लागि रेष्टुरेण्ट समेत सञ्चालनमा ल्याइएको छ।

ताजा समाचार