प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्।

सोमबार उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका थिए।

उनले राखेको प्रस्तावको पक्षमा १७२ मत खसेको छ भने उनलाई विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा ८९ मत परेको छ।

आजको मतदानमा २६२ सांसद सहभागी थिए। तीमध्ये १ जना तटस्थ भएका थिए।

यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए।

ताजा समाचार