कञ्चनपुरमा लागुऔषध सहित दुई जना पक्राउ

कञ्चनपुर। कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित कलुवापुरबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

शनिवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित कलुवापुरबाट लागुऔषध सहित दुई जना लाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झलारी बस्ने १८ वर्षिय प्रविन भनिने ओम प्रकाश ओली र कलुवापुरका १७ वर्षिय राजु बोहरा रहेका छन् ।

शंका लागेर चेकजाँच गर्दा ०.५४० ग्राम लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार