नगर उपप्रमुख लेखक नेतृत्वको टोलीद्धारा ट्युसन सेन्टरहरुको छड्के अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी नेतृत्वको टोलीले महेन्द्रनगर बजारमा सञ्चालित ट्युसन तथा भाषा कक्षाहरुको छड्के अनुगमन गरको छ ।

बजारमा ट्युसन सेन्टरहरु गैरकानुनी तरिकाले संञ्चालन भइरहेको जानकारी पाइपछि केही ट्युसन सेन्टर तथा भाषा कक्षाहरुमा अनुगमन गरिएको नगर उपप्रमुख जोशीले बताउनुभयो ।

‘महेन्द्रनगर बजारमा गैरकानुनी तरिकाले ट्युसन सेन्टर सञ्चालन गरिएको र नगरपालिकालाई कर नतिरेको खबर पाएपछि हामीले केही ट्युसन सेन्टरहरुमा अनुगमन गरेका हौ ।’ उहाँले भन्नुभयो ‘प्राय ट्युसन सेन्टरहरुले व्यवसाय दर्ता गरेको पाइयो तर पालिकालाई कर नतिरेको र सम्बन्धित निकायबाट अनुमती नलिएको भेटियो ।’

उहाँले अगाडी भन्नुभयो ‘आज पहिलो चरणको अनुगमनका क्रममा उहाँहरुलाई तत्कालनै रावश्व बुझाएर कानुनी प्रक्रिया पुरा गर्न निर्देशन दिएका छौ । उहाँहरुले भोली नै राजश्व बुझाउने र कानुनी प्रक्रिया समेत पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । हामी भोली(मंगलवार) सबै ट्युसन सेन्टरहरुलाई शिक्षा शाखाबाट अनुमती लिन र कर बुझाउन सार्वजनिक सूचनापनि निकाल्छौ र दोस्रो चरणमा अनुगमन गर्छौ त्यो बेलापनि कर नबुझाएको र अन्य कानुनी प्रक्रिया पुरा नगरेको भेटिएमा कानुनी कारर्वाही गर्छाै ।’

ताजा समाचार