प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि कञ्चनपुर आउने

महेन्द्रनगर । कञ्चनपुरमा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदै छन्।
भोलि (आइतबार) सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन्।

दिउसाे १२:३० बजे देखि दिक्षान्त समाराेह कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेकाे सुदूरपश्चिम विश्वविद्यालयले जनाएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पनि हुन ।

ताजा समाचार