महेन्द्रनगर । प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपती पुस्पकलम दाहाल‘प्रचण्ड’ ले आफ्नो बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने रहेको बताउनु भएको छ । आइतवार सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री तथा कुलपती प्रचण्डले त्यसो भन्नु भएको हो ।
‘मैले बारम्बार भन्ने गरेको छु मेरो अबको बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तीको आधार तयार पार्ने हो ।’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘म अहिले यही सपनाका लागी अहोरात्र भूमिका निर्वाह गरिरहेको छु । अब मेरो यो सपनामा यहाँहरुको सपनापनि जोडिनुपर्छ ।’ उहाँले अगाडी भन्नुभयो ‘त्यसैले म आज तपाई दीक्षित हुनुहुने सबैलाई भन्न चाहान्छु, परिवार र आफुले साँचेका सपना पुरा गर्न र समृद्ध नेपाल निर्माण गर्ने सपना देख्नहोस । ती सपना पुरा गर्न दृढतापूर्वक अघि बढ्नुस ।’
समृद्ध नेपालको निर्माण गर्न सकेमात्र हाम्रा सपना सहि अर्थमा पुरा हुने उहाँले बताउनुभयो । ‘हामीले समृद्ध नेपाल निर्माण गर्न सक्यौँ भने मात्रै हाम्रा सपनाहरु सही अर्थमा पुरा हुन सक्दछन् ।’ उहाँले दीक्षान्त समारोहमा बोल्दै भन्नुभयो ‘तपाईले आर्जन गर्नु भएको ज्ञान र सीप समाजिक न्याय सहितको समृद्ध नेपालको कोसेढुंगा बन्नेछ भन्ने विश्वास लिएको छु ।’ विश्वविद्यालयले वन विज्ञान तथा हर्बल साइन्स जस्ता कार्यक्रम समेत संञ्चालनमा ल्याउने र जीवनोपगी शिक्षाका विभिन्न विधाहरुमा कार्यक्रम विस्तार गर्दै जाने प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।
‘निकट भविष्यमा यस विश्वविद्यालयले वन विज्ञान तथा हर्बलसाइन्स जस्ता कार्यक्रम पनि संञ्चालनमा ल्याउदैँ छ ।’ उहाँले भन्नुभयो ‘विश्वविद्यालयले शिक्षाका विभिन्न विधाहरुमा कार्यक्रमहरु विस्तार गर्दै जानेछ । हर्बलसाइन्स र कृषिका कार्यक्रमहरुले प्रत्यक्ष रुपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानलाई खेती,खेतीलाई उत्पादन,उत्पादनलाई निर्माण एवम् उपभोक्ता सम्म जोड्ने गरी विकास केन्द्रहरु मार्फत सके यो प्रदेशको रोजगारीमा ठूलो योगदान पु¥याउन सकिने छ ।’
यस्तै कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका सहकुलपती तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विज्ञान प्रविधिको उच्चतम् विकास लागी प्राथमिकता दिने बताउनुभयो । ‘शिक्षालाई गरिबि हटाउने मुल अस्त्रका रुपमा अघि बढाउनु पर्छ ।’ शिक्षामन्त्री राईले भन्नुभयो ‘त्यसका लागी शिक्षा मन्त्रालयबाट तर्फबाट आवश्यक पहल गर्छौ ।’ सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १ सय ७९ विद्यार्थी दीक्षित भएका छन् ।





