परराष्ट्रमन्त्री एनपी साउँदले लिए शपथ

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउद परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतलनिवासमा पद तथा गोपनियताको शपथ खुवाएका छन्।

कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी साउद यसअघि २०७० मा सिंचाईमन्त्री र २०५६ मा शिक्षा राज्यमन्त्री बनेका थिए।

ताजा समाचार