महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगपालिका वडा नम्बर ६ ले गरिव तथा असहाय महिलाहरुलाई बाख्रा वितरण गरेको छ । सोमबार एक कार्यक्रमका विच वडाका १२ जना अति विपन्न, गरिव तथा असहाय महिलाहरुलाई एक–एक बाख्रो वितरण गरिएको हो ।
वडाका गरिव तथा असहाय महिलाहरुका लागी आयआर्जन कार्यक्रम अन्तर्गत १२ महिलाहरुलाई बाख्रा वितरण गरिएको वडाध्यक्ष महेन्द्र खड्काले बताए ।
‘गरिव तथा असहाय महिलाहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको हो ।’ उनले भने ‘यो कार्यक्रमले उहाँहरुको आयआर्जनमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु ।’ उनले अगाडी भने ‘हामीले उहाँहरुलाई दिएको बाख्राबाट जन्मने पाठी जन्मिएको तीन महिनापछि उहाँहरुले वडा कार्यलयलाई बुझाउनु हुन्छ र त्यो पाठी त्यस्ता थप अरु महिलालाई वितरण गर्छौ । यसरी त्यस्ता सबै महिलालाई बाख्रा वितरण गर्छौ ।’
आर्यआर्जन गर्न वडाले बाख्रा वितरण गरेपछि खुशी लागेको स्थानिय सोभा दमाईले बताइन । ‘हामी गरिवलाई केही पैसा कमाउन,आयआर्जनका लागी बाख्रा वडा कार्यालयले वितरण गरेकोमा खुशी लागेको छ ।’ उनले भनिन् ‘अब यो बाख्रालाई राम्रो संग पाल्छु ।’