बेलडाँडी गाउँपालिकामा लागु औषध खैरो हिरोईन जस्तो पदार्थ सहित २ जना पक्राउ

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा लागु औषध खैरो हिरोईन जस्तो पदार्थ सहित दुई जना पक्राउ परेका छन् ।

आज (सोमबार) ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट सदा पोसाकमा खटिएका प्रहरीले बेलडाँडी गाउँपालिका वडा न. २ क्याम्प बजार स्थित बेलडाँडीबाट दैजि तर्फ जाँदै गरेको मोटरसाइकल सवार चेक जाँच गर्ने क्रममा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गाउँपालिका वडा न. ०१ लक्ष्मीटोल बस्ने २३ वर्षीय पदम भट्ट र भिमदत्त नगरपालिका वडा न.०४ भगतपुर बस्ने ३३ वर्षीय सुरेन्द्र थापालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चेकजाँच गर्दा प्लाष्टीक सहित तौल गर्दा ५ ग्राम ४ मिलिग्राम र प्लाष्टीक हटाई तौल गर्दा ४ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो पदार्थ र सु.प.प्र.०२००३प ६१७७ न.को मोटरसाईकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

ताजा समाचार