कञ्चनपुुरमा एक किशोरी माथि बलात्कार गरेको आरोपमा तीन जना युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुुरको भीमदत्त नगरपालिकामा एक किशोरी माथि बलात्कार भएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरमा बुधबार राती १५ बर्षिया किशोरी माथि बलात्कार गरेको आरोपमा तीन जाना युवक पक्राउ परेका छन् । सानै देखि इंडिया बस्दै गरेकी किशोरी यही वैशाखको १२ गते मात्र इन्डियाबाट नेपाल आएकी थिइन् ।

किशोरीलाई गाँउकै एक जना युवकले राति करिब दुई बजेतिर घरबाटै अपहरण गरेर घरभन्दा अलि पर खोलाको किनारमा थप दुईजना साथीहरूलाई बोलाएर बलात्कार गरेको पीडित पक्षका आफन्त ले बताएका छन्।

उनका अनुसार “किशोरी बलत्कृत भइसकेपछि करिब चार बजे तिर घरमा आएर आफ्नो घटना बारे ठूली आमालाई बताएकी थिइन् ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकास डाँगीले आरोपीलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् । पीडित पक्षले दोषिलाई कार्बाहीको माग अघि सारेका छन ।

ताजा समाचार