महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखक आफ्ना चुनावी प्रतिवद्धता पुरा गरिरहेका छन् । चुनावमा महाकाली करिडोर निर्माणको काम अगाडी बढाउने गरेको प्रतिवद्धता लेखक निर्वाचित भएको ५/६ महिनामै उक्त कामको प्रारम्भ भएको छ ।
२०७३ सालमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुदाँ लेखकले नै शुरुवात गरेको महाकाली करिडोर नेपाल–भारत–चिन त्रिदेशिय नाका विकासको काम २०७४ सालमा निर्वाचन पराजित भएपछि उक्त कार्य (महाकाली करिडोरको काम) अगाडी बढ्न सकेको थिएन । वि.सं. २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा लेखकले आफु निर्वाचित भए महाकाली करिडोरको काम तत्काल शुभारम्भ गर्ने र यो क्षेत्रलाई त्रिदेशिय नाकाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
चुनावी प्रतिवद्धता अनुरुपनै लेखकले निर्वाचित भएको ६ महिनामा नै महाकाली करिडोरको रुख कटान र ट्रयाक खोल्ने काम शुरु गरेका छन् । आइतबार प्रमुख सचेतक लेखक, प्रदेश सभा सदस्य बेल बहादुर राना, मधु भारती, जिलला समन्वय प्रमुख दुर्गादत्त बोहरा, नगर प्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशी लगाएतले सो क्षेत्रको स्थलगत अनुगमन समेत गरेका छन् । अनुगमनका क्रममा प्रमुख सचेतक लेखकले लामो समय देखी रोकिएको महाकाली करिडोरको काम शुभारम्भ भएको बताए ।
‘विगतमा यो महाकाली करिडोरको काम रुख कटानी लगाएतका निर्णय मन्त्री परिषदमा नहुदाँ लामो समयदेखी रोकिएको अवस्था थियो ।’ उनले भने ‘अहिले हामी निर्वाचित भइसकेपछि मन्त्री मन्त्री परिषदबाट रुख कटानको निर्णय गरेर,सडकको जग्गा पास गरेर महाकाली करिडोरको कञ्चनपुर खण्डको ट्रयाक खोल्ने र रुख कटानीको काम सरकारले शुरु गरेको छ ।’ उनले अगाडी भने ‘अबको ५ वर्ष भित्र यो सडक कालोपत्रे सहित निर्माण गरिसक्ने लक्ष्यका साथ हामी काम गर्छौ ।’
यहाँबाट मानसरोवर जानका लागि पनि दुरी अति छोटो रहेको र भारतको राजधानी दिल्लीबाट मानसरोवर पुग्न झण्डै ७ सय ७० किलोमिटर दुरी र कञ्चनपुरको दोधारचादनीबाट ४ सय ४० किलोमिटरको दुरीमा मानसरोवर पुग्ने भएकाले यहाँको धार्मीक, आर्थिक विकासका लागी यो महाकाली करिडोर काम छिटो गर्नुपर्नेमा उनले जोड दिए । अनुगमनका क्रममा उनले निर्माण कम्पनी र महाकाली करिडोर सडक आयोजना प्रमुखलाई काम तिव्र गतिमा गर्न निर्देशन दिए ।
‘यो कञ्चनपुर खण्डको सडक यो आउँदो दशैसम्म यो बाटो भएर जोगबुडा डडेल्धुरा जान सकिने गरि काम गर्नु होला ।’ अनुगमनका क्रम निर्माण कम्पनी र आयोजना प्रमुखलाई प्रमुख सचेतक लेखकले भने ‘रुख कटानका मेसिन र ट्रयाक खोल्ने मेसिनको संख्या बढाएर दशैसम्म यो सडकबाट डडेल्धुरा आउन जान सकिने गरि काम गर्नुहोला ।’ उनले अगाडी भने ‘यो कञ्चनपुर खण्डको काम गर्दै गर्नुहोस बाकीँ डडेल्धुरा,बैतडी, दार्चुला खण्डको रुक कटान र ट्रयाक खोल्ने कामपनि छिट्टै अगाडी बढाउन म सम्बन्धित निकायमा आजै पहल गर्छु ।’
कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तुसारपानी सम्मको ३३४ किलोमिटर सडक निर्माण हुने महाकाली करिडोरको सडक आयोजना प्रमुख लक्ष्मणदत्त भट्टले बताए । ‘महाकाली करिडोर सडक कञ्चनपुरको बह्मदेव देखी दार्चुलाको तुसारपानी सम्म ३३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजना अन्तर्गत निर्माण हुने हो र तुसारपानीदेखि तिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।’ उनले भने ‘अहिले कञ्चनपुर खण्डको बह्मदेव देखी डडेल्धुराको कटाली सम्म ११ किलोमिटर सडकको रुख कटानी र ट्रयाक खोल्ने काम शुरु भएको छ ।’
उक्त सडक निर्माणकोे जिम्मा ५ करोडमा दिवा/सनीदेव जेभीले पाएको उनले बताए । महाकाली करिडोरको काम शुरु भएपछि स्थानिय निकै खुशी भएका छन् । ‘यो बाटो बन्ने आज भन्दा ५/६ वर्ष अगाडी सुनेको तर विचमा केही काम शुरु नभएपछि बन्दैनकी के हो जस्तो लाग्या थियो ।’ स्थानिय रमेश थापामगरले भने ‘अहिले यो रुख काट्ने र सडक खन्ने(ट्रयाक खोल्ने) काम शुरु भएको देख्दा निकै खुशी लागेको छ ।’ उनले अगाडी भने ‘अब भने यो सडक भने जस्तै बन्छ भन्ने आशा लागेको छ ।’