कञ्चनपुरको पुर्नवासमा एक युवकले गरे आफ्नै बाबुको हत्या

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन । पुनर्वास नगरपालिका ४ कार्कीचोकका ३० बर्षिया गणेश खडकाले आफ्नै ७१ बर्षिया बाबु धन बहादुर खडकाको हत्या गरेका हुन ।

घरसायी विवादका कारण बाबुछोराविच झगडा हुुँदा छोराले बाबुमाथि काठको चिर्पट प्रहार गर्दा बुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकास डाँगीले बताएका छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।हत्या गर्ने छोरा प्रहरीले पक्राउ गरेको छ ।

ताजा समाचार