बेलडाँडीमा शिक्षक संघकाे ३४औ स्थापना दिवस मनाईयाे, सेवा निवृत ३ जना पुर्व प्रअ सम्मानित

बेल्डाँडी । नेपाल शिक्षक संघकाे ३४ औ स्थापना दिवसकाे अवसरमा शिक्षक संघ बेलडाँडीले भव्य रूपमा दिवस मनाएकाे छ ।


शनिबार नेपाल शिक्षक संघकाे स्थापना दिवसकाे अवसरमा नेपाल शिक्षक संघ बेलडाँडीले गाउँपालिकाकाे आयोजना गरेकाे एक कार्यक्रममा दिवसकाे अवसरमा उक्त गाउँपालिकामा सेवा निवृत ३ जना पुर्व प्रअ सम्मानित भएका छन् ।

सम्मानित हुनेमा बेलडाँडी गाउँपालिका वडा नम्बर-२ बस्ने पुर्व प्र.अ. ईन्द्र दत्त भट्ट, पुर्व प्र.अ.बासुदेव ओझा र पुर्व प्रअ धन सिंह कार्कि रहेका छन् ।

तिनै जना पुर्व प्रअलाई कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, विशिष्ट अतिथि उपाध्यक्ष शान्ति नाथ, बेलडाँडी गाउँपालिका प्रवक्ता गज बहादुर बिष्ट,नेपाल शिक्षक संघका सुप प्रदेश उप-महासचिव विष्णु सिह भण्डारी, लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो । शिक्षक संघ बेलडाँडीका अध्यक्ष दिल बहादुर सिंहले सयुक्त रूपमा दाेसहल्ला र प्रमाण पत्रले सम्मानित भएका हुन ।

ताजा समाचार