कञ्चनपुरमा शैक्षिक शुल्क वृद्धि लगायतका शैक्षिक विकृति विसंगति विरुद्ध विद्यार्थी संगठनहरुको चेतावनी

कञ्चनपुर । कञ्चनपुरका क्रियाशिल विद्यार्थी संघ संगठनले सामुदायिक र निजी विद्यालयले विद्यार्थी भर्नाका नाममा शैक्षिक शुल्क वृद्धि गरेको बताएका छन ।

जिल्लाका चार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र विप्लव क्रान्तिकारीले आज (सोमबार) पत्रकार सम्मेलन गरेर विद्यार्थी भर्नाका नाममा सामुदायिक र निजी विद्यालयले शैक्षिक शुल्क वृद्धि लगायतका शैक्षिक विकृति विसंगतिका भ्रष्टताचार बढिरहेको बताएका हुन ।

संयुत्त विद्यार्थी संगठनहरुले अनुगमन गर्दा निजी विद्यालयले आफ्ना शैक्षिक संस्थाहरु मनोमानी गरेको र सामुदायिक विद्यालयले निःशुल्क विद्यार्थी भर्ना गर्नुपर्ने भएता पनि अनेकन शिर्षक नामबाट रकम अशुलिरहेको बताएका छन ।

चालु शैक्षिक सत्रमासामुदायिक तथा निजी विद्यालयसंग विद्यार्थी संगठनले भर्ना चर्को शुल्क देखि, पाठ्यपुस्तक परिर्वतन रोक्न, खाना खाजामा समेत अनियमिता भईरहेको छ यस्ता शिक्षा क्षेत्रमा देखिएको भष्टाचार, बेथिति रोक्नका लागि जिल्लाका सबै पालिका मार्फत ७ दिने अल्टिमेटम दिने र सो अवधिमा विद्यार्थी अभिभावकबाट थप गुनासो आउँदै गरेमा जेठ ८ गते सम्म संघर्षका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन ।

ताजा समाचार