बेलडाँडी गाउँँपालिकाले श्रम स्वीकृत दिने

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँँपालिकाले श्रम स्वीकृत दिने कार्य शुरू गरेकाे छ ।

आज (मंगलबार) देखि गाउँपालिकाले बैदेशिक राेजगारीमा जान चाहनेका लागि आवश्यक पर्ने श्रम स्वीकृतिकाे दिन शुरू गरेकाे हाे ।

आज शुरू श्रम स्वीकृति गरेकाे काममा पहिलाे सेवा ग्राहिकाे रूपमा उक्त गाउपालिकाकाबाट उत्तम बहादुर शाहीले श्रम स्वीकृत पत्र लिएको हो ।

१६ चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

स्थानीय तहबाटै श्रम स्वीकृतका सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान जाहने नेपाली श्रमिकलाई सुविधा हुने भएको छ ।

पहिला यो श्रम स्वीकृत लिन काठमाडौं जानुपथ्र्यो,श्रमिकले धेरै दुःख खेप्नु पर्थ्यो अब यसरी स्थानीय तहबाटै सेवा लिन पाउने भएपछि बैदेशिक राेजगारीमा जाने नेपाली श्रमिकलाई निकै सहज हुनेे भएकाे छ ।

ताजा समाचार