रिर्पोटिङ्गमा गएकी महिला पत्रकारमाथि कुटपिट

कञ्चनपुर । कञ्चनपुर प्रहरीले एक महिला पत्रकारमाथि कुटपिट गर्नुका साथै अनाहकमा पक्राउ गरेको छ ।

मंगलबार साँझ भीमदत्त नगरपालिका ५ सुकासालमा तस्करसमुह र प्रहरीविच लफडा भएको थियो ।

उक्त लफडाको रिर्पोटिङ्गका लागि घटना स्थल पुगेकी पत्रकार ऐश्वर्या कुवरलाई कुटपिट गर्नुका साथै अनाहकमा पक्राउ गरेको छ ।

तस्कर समुहसंग प्रहरीको लफडा भएपछि तस्कर समुहको कुटपिटबाट एक महिला पत्रकार घाईते भएकी थिईन । घाईते पत्रकारको नाम केहो ? भनेर त्यहाँ खटिएका प्रहरीसंग सोध्ने क्रममा प्रहरीले बर्ता बोल्छिस भन्दै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याएको थियो । महेन्द्रनगरबाट प्रकासित हुने आभासकुण्ज दैनिककी पत्रकार कुँवरले घाईतेको नाम सोध्ने क्रममा प्रहरी आफुमाथि जाई लागेको बताईन । ‘म घटना स्थलमा थिए, ‘एक महिला प्रहरी पनि घाईते भईन, ‘मैले ति महिला प्रहरीको नाम सोधे केही बेरदेखि भिडियो र फोटो खिचिरहेकोले प्रहरीलाई सैर्य नभएर मलाई पक्राउ नै गरेर ल्यायो ।’ पत्रकार कुँवरले आफुलाई महिला प्रहरी निरीक्षक बिनु शाहीले नै कुटपिट गरेको र हात्ताले हानेको बताईन ।‘एक महिला प्रहरी अधिकृत भएर महिला पत्रकारमाथि कुटपिट मात्रै होईन हात्ताले हानेर ल्याईन ।’ आफुमाथि घटना स्थलबाट कुटपिट गर्दै जिप्रका ल्याएको उनले बताईन । पत्रकार कुँवरलाई जिप्रकाबाट मेडिकल गराउन अस्पताल पु¥याउँदा मात्रै कुटपिट धरकपट नगरेको उनले बतार्ईन । पत्रकार कुँवर पुर्व प्रहरीकै दाम्पती हुन ।

प्रहरीले मानव अधिकार, महिला सम्वेदनशिलताको धज्जी उठाउँदै प्रेस स्वतन्त्रताको हनन् हुने गरी घटना स्थलबाट महिला पत्रकारमाथि धरकपट गर्दै पक्राउ गरेको घटनाको सर्वत्र प्रेस जगतले भत्र्सना जाहेर गरेका छन । सुकासाल अस्थायी प्रहरी विट भन्दा भन्सार गड्डाचौकीमै प्रहरीकै ईप्रका छ । त्यहाँबाट करिब दुई÷अढाई किलोमिटर अस्थायी प्रहरीविटमा तस्कर समुहविच लफडा लाईनकै कारण वा साच्चिकै तस्करी रोक्न भएको बारे चर्चा चलेको छ । सीमा क्षेत्र भन्सारमा सशस्त्र प्रहरी, त्यही नेपाल प्रहरी र भन्सार छ । तर, तस्करले कसरी समान ल्याईरहेको छ, भन्दै जनता समेत आश्र्चकित भएका छन ।

कञ्चनपुर प्रहरी प्रवक्ता प्रकास डाँगीले अहिले पक्राउ परेका पत्रकारलाई बुझेर लैजानुहोस, भोली छलफल गरौँला भनेपछि घटना बारेमा बुझ्ने बताए । पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थी नेतृत्वमा पत्रकार टोली जिप्रपका पुगेपछि प्रहरीले पत्रकार कुँवरलाई हिरासतमा राखेन् । यसरी घटना स्थलमा रिर्पोटिङमा गएका पत्रकारमाथि प्रहरीले गर्ने दुव्र्यवहार, दादागिरीशैली र पदको घमण्डले प्रहरी नागरिकमाथि दमनमा केन्द्रीत भएको आशका गरिएको छ । प्रहरी र तस्करविचको लफडामा स्थानीयले प्रहरी विट नै भत्काईदिएका थिए । उक्त घटना बारे प्रहरीले संचारकर्मीलाई समेत के भएको बारे जानकारी माग्दा समेत जानकारी नदिएपछि प्रहरीको भूमिका झन संकास्पद बन्दै गएको छ ।

तस्करबाट प्रहरीले अनाधिकृत लाभ लिने पहिल्यैदेखिको संस्कारका कारण जहिल्यै पनि प्रहरी र तस्करविच लफडा, विवाद एव ठुल ठुला घटना हुने गरेका छन ।

ताजा समाचार