गृहकार्य नगरेको भन्दै प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको एसके ईन्सिच्युटका प्रिन्सिपलले गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि कुटपिट गरेका छन ।

सर्वे ईन्जिनियर (अमिन)का विद्यार्थी कमल धानुकलाई गृहकार्य नगरेको भन्दै प्रिन्सिपल अशोक पनेरु सरले झपड हानेपछि कानमा चोट लागेको हो । विद्यार्थी कमल धानुकका अनुसार “गृहकार्य नगरेको भन्दै प्रिन्सिपल पनेरु सरले झपड हानेपछि कानमा चोट लागेको बताए ।

अस्पतालमा उपचार गराउदा ६ महिनासम्म औषधी खानु भएको छ ।’ घाईते विद्यार्थीले आफु उक्त विद्यालयमा पठन पाठनका लागि पढ्ने वातावरण नभएको भन्दै पढ्ने वातावरण मिलाईदिनुपर्ने, र उपचार गरिदिनुपर्ने माग अघि सारेका छन ।घाईते भएका विद्यार्थी न्यायका लागि प्रहरी कार्यालयमा पुगेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे दुवै पक्षसंग सोधपुछ भईरहेको बताए ।

ताजा समाचार