महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले १६ औँ गणतन्त्र दिवसका अवसरमा माध्यमीक तह स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आइतवार भीमदत्त नगरपालिकाले ‘गणतन्त्रका सबल पक्ष’ शिर्षकमा वतृत्वकलाको आयोजना सम्पन्न गरेको भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।
उनकाअनुसार नगरक्षेत्रभित्र संञ्चालित सामुदायिक तथा निजि विद्यायलबाट प्रतियोगितामा सहभागी २२ जना विद्यार्थीमध्य प्रथम भृकुटी माध्यमीक विद्यालयका छात्र समिर महता, द्धितीय बैजनाथ माध्यमीक विद्यालयका छात्रा सामना भट्ट र तृतिय महेन्द्रनगर माध्यमीक विद्यालय (साधारण स्कुल) का छात्रा कविता जोशी भएका छन्
। प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सभाागिहरुलाई भोली (सोमबार) गणतन्त्र दिवस कार्यक्रममा क्रमश ५ हजार, ४ हजार, ३ हजार नगद सहित प्रमाणपत्र वितरण गरिने शिक्षा शाखा प्रमुख जोशीले बताए ।