महेन्द्रनगर । कञ्चनपुरमा अनाधिकृत रूपमा मेडिकल पसल सञ्चालन गरी उपचार समेत गर्ने ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेका ११ जना भारतिय नागरिकलाई पत्रकार सम्मेलन मार्फत कञ्चनपुरका बिभिन्न क्षेत्रमा अबैध रुपमा मेडिकल सञ्चालन गर्ने जोखिम युक्त औषधी बिक्रि गर्नै, बिना ईजाजत मेडिकल सञ्चालन गर्ने भारतिय नागरिकलाई सार्वजनिक गरेको हो ।
भारतिय नागरिकहरुले अर्थशाश्त्र अध्ययन गरेर विगत लामो समयदेखी कञ्चनपुरका बिभिन्न क्षेत्रमा स्वास्थ्य संग सम्बिन्धत कुनै पनि विषय अध्ययन नै नगरी मानव स्वास्थ्य संग जोडिएकोे विषयमा प्रत्यक्ष असर गर्ने खालका ओेषधीहरु बिक्रि वितरण गर्ने मेडिकल सञ्चालन गर्ने गरेको पाइएको छ ।
ती ब्यक्तिहरू मध्ये कसैले मेडिकलमा काम गरेको अनुभव र रेडक्रसमा काम गरेकै आधारमा मेडिकल सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपि कमल थापाले बताए ।
मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका र बेच्न नमिल्ने औषधीहरु बेचबिखन गर्ने, सम्बन्धित विषयको अध्ययन नगरी अनुभवका आधारले औषधी बेच्ने गरेको भएर प्रहरीको लामो अनुसन्धानबाट उनिहरुलाई पक्राउ गर्न सफल भएको एसपी थापाले बताएका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं–७ को कञ्चभोजमा बिना नामको मेडिकल सञ्चालन गरी कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिना सिफारिस औषधी पसल सञ्चालन गरेका भारतको खटिमा बस्ने २६ वर्षिय संजय बिश्वास, दोधारा चाँदनी नगरपालिका–७ मा भारतको पिलिभित नौजलिया बस्ने ४६ वर्षिय राजेश बिश्वास रहेका छन् ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–७ मिलन चौराहामा औषधी पसल सञ्चालन गरेका पिलिभित महाराजपुर बस्ने ४५ वर्षिय सन्तोश सरकार, दोधारा चाँदनी नगरपालिका वडा नं–४ लठाघाट चौराहामा औषधी पसल सञ्चालन गरेका पिलिभित रानिकलौनी पोष्ट मजौला बस्ने ४४ वर्षियको सुधान्सु हल्दार, दोधारा चाँदनी नगरपालिका वडा नं–४ खल्ला चोकमा औषधी पसल सञ्चालन गरेका भारतको उद्धमसिंह नगर खटिमा बस्ने २३ वर्षिय रबि बिश्वास, दोधारा चाँदनी नगरपालिका वडा नं–३ श्रेष्ठ चौराहमा औषधी पसल सञ्चालन गरेका भारतको उद्धमसिंह नगरकै ३२ वर्षिय कार्तिक सरदार रहेका छन् ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिकाको वडा नं– १ मिलन चौराहमा औषधी पसल सञ्चालन गरेका भारतको उद्धमसिंह नगर कुतिया कभर बस्ने ३८ वर्षिय निवास गाइन, दोधारा चाँदनी नगरपालिकाको वडा नं–३ श्रेष्ठ चौराहमा औषधी पसल सञ्चालन गरेका उद्धमसिंह नगरका खटिमा बस्ने ४९ वर्षिय निरन्जन अधिकारी, दोधारा चाँदनी नगरपालिका–३ देविस्थानमा औषधी पसल सञ्चालन गर्ने २५ वर्षिय भुपेन्द्र पुरी, भीमदत्त नगरपालिका वडा नं– १३ को बडैपुरमा औषधी पसल सञ्चालन गरेका भारतको पिलिभित न्युरिया राजा कलौनी बस्ने ३५ वर्षिय शान्तिरन्जन बैरागी र भीमदत्त नगरपालिकाको वडा नं–९ ब्रह्मदेवमा औषधी पसल सञ्चालन गरेका भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरमा बस्ने ३९ वर्षिय गोकु मण्डल रहेका छन् ।